काठमाडौं- नेपाल जनस्वास्थ्य संघले एघार दिनदेखि आमरण अनसनमा बसेका पुकार बम र इसान चन्दको अभियानमा ऐक्यवद्धता जनाएको छ।
बम र चन्द पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने र आरडिटी परीक्षण बन्द गर्नुपर्ने माग सहित आमरण अनसनमा छन्।
उनीहरुले उठाएका सान्दर्भिक माग उठाएको भन्दै संघले विज्ञप्ति जारी गरी बम र चन्दको आमरण अनसनमा ऐक्यवद्धता जनाएको हो।
सरकारले उनीहरुको जीवन रक्षा गर्दै माग सम्बोधन गर्न संघले माग गरेको छ। कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेका प्रयासहरु प्रभावकारी हुन नसकेको पनि संघ ठहर गरेको छ।
सरकारले समयमै प्रभावकारी कदम नचाले संक्रमणको भयावह स्थिति आउन सक्ने संघको भनाई छ।