काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड १५ लाख नाघेको छ। मंगलबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड १५ लाख ९० हजार १ सय ९५जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामा संक्रमितको संख्या २९ लाख ३५ हजार ८ पुगेको छ। त्यस्तै ब्राजिलमा १६ लाख २३ हजार २ सय ८४, भारतमा ६ लाख ९७ हजार४ सय १३ र रुसमा ६ लाख ८६ हजार ७ सय ७७ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख ३७ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५ लाख ३७ हजार ४ सय २९ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ३० हजार २ सय ७७, ब्राजिलमा ६५ हजार ४ सय ८७, बेलायतमा ४४ हजार ३ सय २१, इटालीमा ३४ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ।
विश्वभर ६२ लाख ७४ हजार ९ सय ७१ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १० लाख ५४ हजार ५ सय ९१, अमेरिकामा ९ लाख २४ हजार १ सय ४८, रुसमा ४ लाख ५३ हजार ४ सय ९५ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १५ हजार ९ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ हजार ८ सय ११ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ६ लाख ९७ हजार ४ सय १३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १९ हजार ६ सय ९३ पुगेको छ। भारतमा हालसम्म ४ लाख २४ हजार ४ सय ३३ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ३१ हजार ८ सय १८ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ४ हजार ७ सय ६२ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १ लाख ३१ हजार ६ सय ४९ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ७७ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार ९ सय १७ छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार ६ सय १८ पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार ९६ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ७६ हजार १ सय ४९ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३३ हजार १ सय ९० पुगेको छ। अफगानिस्तानमा ८ सय ९८ जनाको मृत्यु भइसकेको छ भने २० हजार १ सय ३ जना उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ८० पुगेको छ। उपचारपछि निको हुनेको संख्या ५३ छ।
माल्दिभ्समा संक्रमितको संख्या २ हजार ४ सय ९१ रहेको छ। मृत्यु हुनेको संख्या १२ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार १ सय १३ पुगेको छ ।