काठमाडौं— कोरोना संक्रमित भई उपचार गरी निको भएपछि चार जिल्ला हाललाई कोरोना मुक्त जिल्ला भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार प्रदेश नम्बर एक तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्लामा पनि कोरोना संक्रमित छैनन्।
सोमबारसम्म भोजपुरमा एक, तेह्रथुममा ३, सोलुखुम्बुमा ६ र हुम्लामा २ जना कोरोना संक्रमित पुष्टि भएका थिए।