काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड १७ लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड १७ लाख ९७ हजार ८ सय ९१ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामा संक्रमितको संख्या २९ लाख ९४ हजार ८ पुगेको छ। त्यस्तै ब्राजिलमा १६ लाख ६८ हजार ५ सय ८९, भारतमा ७ लाख १९ हजार ६ सय ६५ र रुसमा ६ लाख ९३ हजार २ सय १५ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख ४३ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५ लाख ४३ हजार ४ सय ८१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ३१ हजार ४ सय ८१, ब्राजिलमा ६६ हजार ७ सय ४१, बेलायतमा ४४ हजार ४ सय ७६, इटालीमा ३४ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ।
विश्वभर ६४ लाख १६ हजार १ सय ९६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १० लाख ९९ हजार २ सय ८१, अमेरिकामा ९ लाख ३६ हजार ४ सय ७६, रुसमा ४ लाख ६३ हजार १ सय ३ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १६ हजार १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ७ हजार ४ सय ९९ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ७ लाख १९ हजार ६ सय ६५ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २० हजार १सय ६० पुगेको छ। भारतमा हालसम्म ४ लाख ३९ हजार ९ सय ४८ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ३४ हजार ५ सय ९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ४ हजार ८ सय ३९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १ लाख ३४ हजार ९ सय ५७ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ८१ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार ९ सय ५५ छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार ६ सय ४५ पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार १ सय १५जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ७८ हजार १ सय २ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३३ हजार ३ सय ८४ पुगेको छ। अफगानिस्तानमा ९ सय २० जनाको मृत्यु भइसकेको छ भने २० हजार १ सय ७९ जना उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ८० पुगेको छ। उपचारपछि निको हुनेको संख्या ५४ छ।
माल्दिभ्समा संक्रमितको संख्या २ हजार ५ सय १ रहेको छ। मृत्यु हुनेको संख्या १२ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार १ सय ५८ पुगेको छ ।