काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड २० लाख नाघेको छ। बिहीबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड २० लाख १२ हजार १ सय २५ जना मानिस संक्रमित भएको तथ्यांक छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामा संक्रमितको संख्या ३० लाख ५३ हजार ३ सय २८ पुगेको छ। त्यस्तै ब्राजिलमा १७ लाख १३ हजार १ सय ६०, भारतमा ७ लाख ४२ हजार ४ सय १७ र रुसमा ६ लाख ९९ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख ४८ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५ लाख ४८ हजार ८ सय ९६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ३२ हजार २ सय ७७, ब्राजिलमा ६७ हजार ९ सय ६४, बेलायतमा ४४ हजार ६ सय २, इटालीमा ३४ हजार ९ सय १४ जनाको मृत्यु भएको छ।
विश्वभर ६५ लाख ६१ हजार ९ सय ६९ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
बिहीबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ११ लाख ३९ हजार ८ सय ४४, अमेरिकामा ९ लाख ५३ हजार ४ सय २०, रुसमा ४ लाख ७१ हजार १ सय १८ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १६ हजार ४ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ७ हजार ७ सय ५२ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ७ लाख ४२ हजार ४ सय १७ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २० हजार ६ सय ४२ पुगेको छ। भारतमा हालसम्म ४ लाख ५६ हजार ८ सय ३१ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ३७ हजार ४ सय ८९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ४ हजार ९ सय २२ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १ लाख ४० हजार ९ सय ६५ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ९४ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार ९ सय ६७ छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख ७२ हजार १ सय ३४ पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार १ सय ९७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ८० हजार ८ सय ३८ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३३ हजार ५ सय ९४ पुगेको छ। अफगानिस्तानमा ९ सय ३६ जनाको मृत्यु भइसकेको छ भने २० हजार ७ सय उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ८० पुगेको छ। उपचारपछि निको हुनेको संख्या ५५ छ।
माल्दिभ्समा संक्रमितको संख्या २ हजार ५ सय १७ रहेको छ। मृत्यु हुनेको संख्या १३ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार १ सय ८० पुगेको छ ।