काठमाडौं- नेसनल प्याथ ल्याब बुटवलले कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति पाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको ‘निजी प्रयोगशाला कोभिड–१९ को मोलिक्युर परीक्षण गर्न अनुमति दिने सम्बन्धी निर्देशिका २०७७’ को सबै मापदण्ड पूरा गरेपछि नेसनल प्याथ ल्याबले पिसिआर परीक्षणका लागि स्वीकृति पाएको हो।
पिसिआर परीक्षणका लागि बायोसेफ्टी लेबल २ को अत्याधुनिक कोरोना परीक्षण ल्याब स्थापना गरेको ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बताए। बुटवल–१२ बेलबासस्थित लायन्स क्लब अफ बुटवल सिद्धबाबाको सहयोगमा ल्याब स्थापना गरिएको उनले बताए।
उक्त प्रयोगशालाले दैनिक न्यूनतम क्षमता ३ सयदेखि ४ सय परीक्षण गर्नसक्ने क्षमता रहेको ल्याबले जनाएको छ। पिसिार ल्याबका दक्ष प्याथोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, ल्याब टेक्नोलोजिस्ट तथा ल्याब टेक्निसियन रहेका छन्।
पिसिआर परीक्षणका लागि अनुमति पाए पनि ल्याबले सरकारले उपलब्ध गराएको नमुना मात्रै परीक्षण गर्ने र भुक्तानी पनि सरकारले नै दिनेछ।
