काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले दिवा सत्रका ओपिडी सेवा सुरु गर्ने भएको छ।
बुधबार बसेको विभागीय प्रमुखहरुको बैठकले असार २८ गतेदेखि दिवा सत्रका ओपिडी सेवा सुरु निर्णय गरेको हो।
अस्पतालले कोरोना संक्रमणको डरले चैत ११ बाट सम्पूर्ण ओपिडी सेवाहरु बन्द गरेको थियो। केही दिनदेखि बिहानी सत्रको ओपिडी सेवा सञ्चालन गर्दै आएको अस्पतालले जनाएको छ।