काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड २२ लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड २२ लाख ३० हजार २ सय ५१ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ३१ लाख १२ हजार २ सय ५२ पुगेको छ। त्यस्तै ब्राजिलमा १७ लाख ५५ हजार ७ सय ७९ , भारतमा ७ लाख ६७ हजार २ सय ९६ र रुसमा ७ लाख ६ हजार २ सय ४० जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख ५४ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५ लाख ५४ हजार २ सय ९१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ३३ हजार २ सय २८, ब्राजिलमा ६९ हजार १ सय ८४, बेलायतमा ४४ हजार ६ सय ८७, इटालीमा ३४ हजार ९ सय २६ जनाको मृत्यु भएको छ।
विश्वभर ६७ लाख ७ हजार २९ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ११ लाख ६१ हजार ८ सय ५२, अमेरिकामा ९ लाख ६९ हजार १ सय ११, रुसमा ४ लाख ८० हजार ४ सय ९४ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १६ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ७ हजार ८ सय ९१ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ७ लाख ६७ हजार २ सय ९६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २१ हजार १ सय २९ पुगेको छ। भारतमा हालसम्म ४ लाख ७६ हजार ३ सय ७८ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ४० हजार ८ सय ४८ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ४ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १ लाख ४५ हजार ३ सय ११ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार १ सय ५४ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार ९ सय ७९ छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख ७५ हजार ४ सय ९४ पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार २ सय ३८ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ८४ हजार ५ सय ४४ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३३ हजार ९ सय ८ पुगेको छ। अफगानिस्तानमा ९ सय ५७ जनाको मृत्यु भइसकेको छ भने २० हजार ८ सय ४७ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ८० पुगेको छ। उपचारपछि निको हुनेको संख्या ५५ छ।
माल्दिभ्समा संक्रमितको संख्या २ हजार ५ सय ५३ रहेको छ। मृत्यु हुनेको संख्या १३ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार २ सय २७ पुगेको छ ।