धरान- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एमडी/एमएस/एमडिएस अध्यनरत चिकित्सक विधार्थीको संस्था जुनिअर रेसिडेन्ट वेलफेयर सोसाइटीले महावीर पुनको अध्यक्षतामा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई सम्मान एवं सहयोग गरेको छ।
बिहीबार आयोजित एक कार्यक्रममा जुनिअर रेसिडेन्ट वेलफयर सोसाइटीले स्वर्गीय डा रन्जना देवकोटाको नाममा रहेको अक्षय कोषमार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई ६५ हजार रुपैयाँ सहयोग गरेको हो।
यसका साथै राष्ट्रिय आविष्कार केन्द्र र जुनिअर रेसिडेन्ट वेलफयर सोसाइटीबीच वार्षिक रुपमा जुनिअर रेसिडेन्ट वेलफयर सोसाइटीले सहयोग रकम उपलब्ध गराउने र सो रकम राष्ट्रिय आविष्कार केन्द्रले बायो मेडिकल सम्बन्धी खोज, अनुसन्धानमा लगाउने गरी सहमति समेत भएको छ।
यसरी वार्षिक रुपमा सहयोग गर्दा खोज अनुसन्धानमा दीर्घकालीन रुपमा सहयोग पुग्ने धारणा जुनिअर रेसिडेन्ट वेलफेयर सोसाइटीका अध्क्षय डा कविराज पौडेलले ब्यक्त गरे।