काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड २४ लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड २४ लाख ६६ हजार ३ सय ३७ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ३१ लाख ८४ हजार ५ सय ७३ पुगेको छ। त्यस्तै ब्राजिलमा १८ लाख ८ सय २७ , भारतमा ७ लाख ९३ हजार ८ सय २ र रुसमा ७ लाख १२ हजार ८ सय ६३ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख ५९ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५ लाख ५९ हजार ६ सय २२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ३४ हजार ९२, ब्राजिलमा ७० हजार ३ सय ९८, बेलायतमा ४४ हजार ७ सय ३५, इटालीमा ३४ हजार ९ सय ३८ जनाको मृत्यु भएको छ।
विश्वभर ६८ लाख ५४ हजार ८ सय २० जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १२ लाख १७ हजार ३ सय ६१, अमेरिकामा ९ लाख ८३ हजार १ सय ८५, रुसमा ४ लाख ८८ हजार २ सय ३४ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १६ हजार ६ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ८ हजार ११ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ७ लाख ९३ हजार ८ सय २ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २१ हजार ६ सय ४ पुगेको छ। भारतमा हालसम्म ४ लाख ९५ हजार ५ सय १६ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ४३ हजार ५ सय ९९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ५८ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १ लाख ४९ हजार ९२ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ४ सय ५४ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार ९ सय ८० छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख ७८ हजार ४ सय ४३ पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार २ सय ७५ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ८६ हजार ४ सय ६ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३४ हजार १ सय ९४ पुगेको छ। अफगानिस्तानमा ९ सय ७१ जनाको मृत्यु भइसकेको छ भने २० हजार ८ सय ८२ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ८० पुगेको छ। उपचारपछि निको हुनेको संख्या ५५ छ।
माल्दिभ्समा संक्रमितको संख्या २ हजार ६ सय १७ रहेको छ। मृत्यु हुनेको संख्या १३ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार २ सय ३८ पुगेको छ।