कम्युनिटी मेडिसिनको विद्यार्थीको रूपमा मलाई म अध्ययनरत अस्पतालले कोभिड-१९ महामारीका थुप्रै घटनाको कन्ट्याक्ट ट्रेसिङमा संलग्न गराएको छ। यो चुनौतीपूर्ण समय मेरा लागि अवसर पनि हो- समाजलाई महामारीप्रतिको अनावश्यक नकारात्मक टिप्पणी र हल्लाबाट मुक्त बनाउँदै समाज सुरक्षित बनाउने।
हामी कोभिड-१९ संक्रमित बिरामीका विवरण आउने बित्तिक्कै संक्रमित मानिसहरूलाई भेटेर वा टेलिफोनमा कुरा गरेर उहाँहरुको स्वास्थ्य अवस्थाको बारेमा सोधपुछ गर्छौं। परिवार संख्या, गत हप्तामा उहाँहरूले भेटेका मानिसका बारेमा प्रश्न सोध्छौं। उहाँहरू भ्रमण गरेका ठाउँ र नजिकको सम्पर्कमा आएका व्यक्तिको बारेमा सोधपुछ गर्छौं। बिरामीलाई मनोबल बढाउँदै चिकित्सकको सम्पर्कमा रहन र अरुलाई सचेत रहन आग्रह गर्छौं।
करिब ६ महिना कन्ट्याक्ट ट्रेसिङ गरेको समयमा मैले ममाथि आफ्नो कामको जिम्मेवारी मात्र नभएर एउटा सामाजिक दायित्व थपिएको महसुस गरेकी छु। यो एउटा यस्तो जिम्मेवारीको भाव हो जसबाट मैले एउटा व्यक्ति, परिवार र समाजलाई चेतनशील बनाउन प्रयत्न गरिरहेकी हुन्छु। म जस्ता कैयौं चिकित्सक साथी, स्वास्थ्यकर्मी जो यस्तो कार्यमा संलग्न हुनुहुन्छ, निश्चय पनि हाम्रो मात्रै प्रयास प्रशस्त हुन सक्दैन।
यो रोग थोरैभन्दा थोरै व्यक्तिमा सीमित बनाउन र हाम्रो समुदायमा फैलिनबाट रोक्न प्रत्येक व्यक्तिले इमान्दारीपूर्वक आफ्ना सूचनाहरु बताउनुपर्ने हुन्छ। सामाजिक बहिष्कार हुने भयले सूचना लुकाउने कार्य कदापि गर्नु हुँदैन। यो रोग कुनै अपराध होइन, रोग लागेको व्यक्ति पूर्णत: ठिक हुनसक्छ। हाम्रो मुख्य उद्देश्य सम्भव भएसम्म समुदायमा रोग फैलनबाट रोक्नु हो।
प्रख्यात वैज्ञानिक थोमस एडिसनले भनेका छन्, 'भविष्यका डाक्टरले कुनै औषधि दिँदैनन् तर आफ्ना बिरामीहरूप्रति खुब चासो राख्नेछन् मानवीय फ्रेम, आहार र रोगको कारण र रोकथाममा।'
कन्ट्याक्ट ट्रेसिङ कुनै पनि रोग लागेको व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान र मूल्याकन गर्ने प्रक्रिया हो जुन अगाडि ट्रान्समिसन रोक्नको लागि गरिन्छ। यी व्यक्तिहरूलाई सम्पर्क भनिन्छ। कोभिड-१९ रोकथामको लागि ती व्यक्तिहरू पहिचान गर्न आवश्यक पर्छ जो सार्स-कोभ-२, कोभिड-१९ निम्त्याउने भाइरसको सम्पर्कमा आएका छन्।
डब्लुएचओका अनुसार कन्ट्याक्टलाई यसरी परिभाषित गरिएको छ- यदि पुष्टीकरण संक्रमण भएको व्यक्तिमा लक्षण नभए पनि कोभिड-१९ भाइरस संक्रमित व्यक्तिसँग कम्तीमा १ मिटरभित्र १५ मिनेटसम्मको लागि बसेको छ भने कन्ट्याक्ट भनिन्छ। संक्रमणमा व्यक्त गर्न सक्ने सम्भावनालाई सीमित गर्न कन्ट्याक्टहरू १४ दिन अनुगमन अवधिको समयमा स्व-क्वारेन्टाइनमा रहनुपर्छ। ती व्यक्तिहरुलाई १४ दिनसम्म आइसोलेसनमा बस्ने सुझाव दिँदै उनीहरुको स्वास्थ्य लगायत उनीहरुको सम्पर्कमा आएका मानिसहरुको विस्तृत रूपमा खबर लिनु जरूरी छ। हाम्रो लक्ष्य भनेको भाइरससँग सर्कुलेट गर्ने व्यक्तिको संख्या घटाएर भाइरसको प्रसारण रोक्नु हो।
विस्तृत कन्ट्याक्ट ट्रेसिङ केसहरू वा क्लस्टर पहिचान हुने बित्तिकै कार्यान्वयन गरिनुपर्छ। तीव्र प्रसारणको क्रममा कन्ट्याक्ट ट्रेसिङ गाह्रो हुनसक्छ तर सम्भव भएसम्म सञ्चालन गरिनुपर्छ। विशेषगरी घरेलु सम्पर्कहरू, स्वास्थ्यकर्मीहरू र उच्च जोखिम बन्द सेटिंग्स (उदाहरणका लागि सयनगृहहरू, संस्थाहरू, दीर्घकालीन देखभाल घरहरू र अन्य लामो- अवधि सुविधाहरू) ठाउँहरुमा विस्तृत रुपमा कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्छ।
जब देशहरू कोभिड-१९ को चरम सीमा पार गरिसकेका छन् र बिरामी मानिसहरुको संख्या घट्दै छ, विशेषगरी जब कडा सार्वजनिक स्वास्थ्य र सामाजिक उपायहरु समायोजित गरिँदै छ, यो रोगी मानिस र सम्पर्क पत्ता लगाउन र छिटो पहिचान कायम गर्न महत्वपूर्ण छ। यो पहिचान र अनुसन्धानले नयाँ ट्रान्समिसन चेन तोड्न मदत पुर्याउँछ।
सफल कन्ट्याक्ट ट्रेसिङको लागि संक्रमित समुदायले अहं भूमिका निर्वाह गर्छ। कन्ट्याक्ट ट्रेसिङमा समुदायका प्रत्येक व्यक्तिलाई दैनिक अनुगमनमा सहमति जनाउन, कोभिड-१९ को कुनै लक्षण वा तुरून्त रिपोर्ट गर्न तत्पर हुनुपर्छ र कम्तीमा १४ दिनसम्म क्वारेन्टिनमा जान तयार हुन तयार हुनुपर्छ, वा यदि तिनीहरू लक्षणवाचक भएमा अलग्गै जान तयार हुनुपर्छ। हामी सबैले आफ्नो परिवार, मित्रहरू र समुदायलाई जोगाउनका लागि भूमिका खेल्न सक्छौं।
व्यवस्थित रूपमा लागू गर्न सकिएको खण्डमा कन्ट्याक्ट ट्रेसिङले कोरोना संक्रमणको साङ्लो तोड्ने छ जसले यो भाइरसको प्रसारण रोक्न मद्दत गर्ने छ। त्यसैले कन्ट्याक्ट ट्रेसिङ जस्ता संक्रामक रोग प्रकोपहरू नियन्त्रण गर्नका लागि आवश्यक सार्वजनिक स्वास्थ्य उपकरण हो। सम्पर्क ट्रेसिङको लागि सबै प्रशिक्षण गतिविधिहरुमा, सम्पर्क ट्रेसिङ उपकरणहरुको उपयोग गर्दा सार्वजनिक स्वास्थ्य सूचना, डेटा सुरक्षा र डेटा गोपनीयताको आचार सम्पर्क सम्पर्क ट्रेसिङ गतिविधिहरुको सबै स्तरहरुमा मान्नुपर्छ।
(डा कोइराला कलेज अफ मेडिकल साइन्स, भरतपुरमा अध्ययनरत छिन्।)