काठमाडौं - नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने भएको छ।
शुक्रबार परेको दिवसको अवसरमा एशोसिएसनले ललितपुरको पाटन दरबार स्क्वायर महारानी पोखरीमा सचेतनामूलक कार्यक्रम गर्न लागेको हो। उक्त कार्यक्रममा शरीरमा चिनीको मात्राको निशुल्क परीक्षण, जोखिमको स्क्रीनिङ्ग र उच्च रक्तचापको परीक्षण गरिनेछ। व्यक्तिको उमेर अनुसारको उचाई र तौल पनि परीक्षण गरिने एशोसिएसनले जनाएको छ।
साथै पोषण सम्बन्धी निशुल्क परामर्श गरिने र चिनी रोगका बिरामीको लागि डायबेटिक फ्रेन्डली डायटको प्रदर्शन समेत गरिने एशोसिएसनका अध्यक्ष नानी शोभा शाक्यले बताइन्।
क्याफोडाट कलेजसँगको सहकार्यमा हुन लागेको उक्त कार्यक्रम बिहान ९ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।