काठमाडौं - स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंक बाराकोटीको आज बिदाई गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमको उपस्थितिमा उनको बिदाई गरिएको हो।
स्वास्थ्य र पारिवारिक कारण देखाउँदै उनले यसअघि राजीनामा दिएका थिए। डा बाराकोटीले गत फागुनमा महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए। उनले करिब नौ महिना विभागमा रहेर काम गरे।