आजभन्दा १५ वर्षअघि सुईको माध्यमबाट लागुऔषध प्रयोग गर्नेहरुको संख्या ह्वात्तै बढ्यो। प्रयोगकर्ताले साझा सुईबाट लागुऔषध प्रयोग गर्नाले एचाआइभीको जोखिम पनि बढ्दै गयो। देशका विभिन्न जिल्लमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएकाले यसबाट हुने क्षति नियन्त्रण गर्न ‘क्षति न्यूनीकरण कार्यक्रम’ सञ्चालन गरिँदै आएको छ।
यो कार्यक्रम नेपालका पूर्वोत्तर जिल्ला झापा, मोरङ र सुनसरीका अलावा काठमाडौं, ललितपुर, भक्तपुर, बारा, पर्सा जस्ता धेरै लागुऔषधको कारोबार हुने जिल्लामा सञ्चालन हुँदै आएको छ। ग्लोबल फन्डको सहयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयको सहकार्यमा लागुऔषध प्रयोगकर्ताका लागि ओएसटी कार्यक्रम अन्तर्गत मेथाडोन, बुफिनोफिन जस्ता औषधि निःशुल्क उपलब्ध गराइन्छ। यसले गर्दा पनि साझा सुईको प्रयोग तथा सुईबाट लागुऔषधको प्रयोग गरेको पाइन्छ।
सुईबाट लागुऔषधि लिनेको संख्या घट्दो छ। तर मुखबाट लागुऔषध सेवन गर्नेको संख्या भने बढ्दो छ। खुला सिमानाका कारण पूर्वी नेपालमा लागु औषध प्रयोगकर्ताहरुको संख्या बढ्दो देखिन्छ। प्रयोग मात्र नभई यसको कारोबार पनि बढेको छ।
कोरोनाको कहरमा भारततर्फको नाका बन्द भए पनि लागुऔषध कारोबार भने बन्द भएन। ओसारपोसारको कार्य अहिले पनि निरन्तर नै छ।
सुधार केन्द्रहरुको भूमिका
धरानमा लागुऔषध प्रयोगकर्ताको संख्या बढेसँगै धरानमा सुधार केन्द्रहरुको पनि स्थापना भयो। यहाँ सबैभन्दा धेरै पहिले किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्रले धरानमा सुधार केन्द्रको सुरुवात ग¥यो।
२०५२ साल फागुन १५ गतेबाट काठमाडौं उपत्यका बाहिर पहिलो पटक सुधार केन्द्र किरात याक्थुङ चुम्लुङ पुर्नजीवन स्थापना भएको हो। त्यसछि धरानमा आधा दर्जनको हाराहारीमा लागुऔषधको कुलतबाट मुक्त भएर सुध्रिएका युवाहरुको समूह रिकभरिङ नेपाल बन्यो।
एचआईभी संक्रमितहरुले अधिकारको क्षेत्रमा काम गर्ने संस्था धरान पोजेटिभ गु्रप, प्रयास महिला समूह लगायतका संघसंस्थाहरुको स्थापना भयो। करिब आधा दर्जन पुनस्र्थापना केन्द्रहरु पनि स्थापना भए।
यी सुधार गृहहरुले पनि लागुऔषध नियन्त्रण र न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सफल भएका छन्। योसँगै ती पुनस्र्थापना केन्द्रहरुले एचआइभी एड्सको बारेमा पनि जनचेतना जगाउने कामहरु गर्दै आएका छन्।
हाल पनि धरानमा सञ्जिवनी सुधार केन्द्र, नयाँ क्षीतिज सुधार केन्द्र र कियाजु पुनर्जीवन केन्द्रको सुधार केन्द्रसँगै पछिल्लो समय धरानमा स्थापना भएको आसरा सुधार केन्द्र छन्। यी सुधार केन्द्रहरुले पनि लागुऔषध प्रयोग गरिरहेका र लागुऔषधको कुलतमा फसेकाहरुलाई उपचार गरी परिवारमा पुनस्र्थापना गर्ने काम गरिरहेका छन्।
एचआइभी÷एड्स संक्रमितहरुको मृत्युदर
हाल एचआइभी संक्रमितहरु अधिकांश लागुऔषध प्रयोगबाट नै संक्रमित भएको पाइन्छ। धेरैजसो सामान्य परिवारका र केही सम्पन्न परिवारका छन्। केही समय यता नेपाली सेना र भारती सेनामा काम गर्नेहरुमा पनि एचआइभी संक्रमण भएको पाइएको छ।
सुनसरीमा अधिकांशजसो संक्रमित महिला गृहिणी छन्। उनीहरुलाई श्रीमानबाटै एचआइभी सरेको पाइएको छ। श्रीमान पूर्व लागुऔषध प्रयोगकर्ता रहेको र वर्तमानमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशबाट फर्किएका पुरुषका श्रीमतीहरुमा एचआइभीको संक्रमण दर उच्च देखिन्छ। जसका कारण नवजात शिशुमा समेत एचआइभी पोेजेटिभ देखिएको छ।
पछिल्लो समय लागुऔषध प्रयोगकर्ताहरुमा एचआइभीको संक्रमण दर उच्च नदेखिए पनि गृहिणी महिलामा भने एचआइभी संक्रमणको दर उच्च रहेको छ। विशेषगरी वैदेशिक रोजगारीमा जाने पुरुष असुरक्षित यौन सम्पर्क गर्ने गरेका कारण उनीहरुमा एचआइभी संक्रमण वृद्धि भएको पाइएको एक अध्ययनले देखाएको छ।
सुनसरीमा एचआइभी संक्रमितहरुको मृत्युदर भने न्यून पाइएको छ। सुनसरीमा एचआइभी संक्रमितहरुले सहज रुपमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, इनरुवा अस्पतालमा उपचार सुविधा पाउँदै आएका छन्।
एचआइभी संक्रमितको उपचार
एचआइभीकै उपचार हालसम्म पत्ता लागेको छैन। तर उनीहरुमा हुनसक्ने र हुने अन्य रोगहरुको मात्रै उपचार हुने गर्छ। संक्रमितहरुलाई देशभर ग्लोबल फन्डको सहयोगमा निःशुल्क एआरटी औषधि वितरण गरिन्छ। नेपालभर ७७ वटै जिल्लामा एआरटी सेन्टर सञ्चालनमा छन्।
धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, इनरुवा अस्पतालबाट निःशुल्क एआरटी औषधि वितरण गरिन्छ। औषधिले एचआइभी संक्रमितहरुको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ। साथै बिपी प्रतिष्ठानमै सिडिफोर काउन्ट पनि गर्ने गरिन्छ। सिडिफोर काउन्टले संक्रमितहरुको शरीरमा कत्तिको सेलहरु घटिरहेका छन् भनी जाँच गर्दछ। उक्त मेसिन पनि बिग्रिरहने भएकाले सुनसरीका संक्रमितहरुले समस्या झेल्नुपरेको छ।
एचआइभी÷एड्सको भाइरस शरीरमा कति छ भनी परीक्षण गर्न भाइरल लोड गरिन्थ्यो र संक्रमितहरुको रगत संकलन गरेर रगतको नमुना काठमाडौं पठाउने गरिन्थ्यो। भाइरल लोडको रगत संकलन पूर्वको कोशी अञ्चल अस्पतालमा मात्र हुन्थ्यो।
ग्लोबल फन्डको सहयोगमा एक करोडभन्दा बढी रकम पर्ने भाइरल लोड जाँच गर्ने उपकरण कोशी अञ्चल अस्पतालमा ल्याएको एक वर्षपछि सञ्चालनमा आएको छ। उक्त उपकरण सञ्चालन भएपछि एचआइभी संक्रमितले चाँडै रिपोर्ट पाउने र सरल तरिकाले उपचार पाएका छन्।
यो सुविधा पूर्वमा नहुँदा संक्रमितहरुले ठूलो समस्या झेल्नु परेको थियो। नमुना दिएको एक÷दुई महिनापछि मात्र रिपोर्ट आउने गर्दथ्यो। उक्त उपकरणबाटै कोभिडको पिसिआर परीक्षण पनि हुने भएकाले धेरै सहज भएको छ।
पूर्वमा एचआईभी संक्रमित आमाहरुको पिएमटिसिटी सेवा निकै प्रभावकारी भएको मानिन्छ। काठमाडौं उपत्यका बाहिर धरानको बिपी प्रतिष्ठानमा मात्रै यो सेवा उपलब्ध छ। देशभरिबाट पिएमटिसिटीका लागि संक्रमित आमाहरुलाई प्रतिष्ठान पठाउने गरेको पाइन्छ।
पिएमटिसिटी सेवा संक्रमित आमाबाट जन्मिने बच्चामा एचआइभी संक्रमणबाट सुरक्षित गराउने उपचार पद्धति हो। यो सँगै संक्रमित आमाबाट जन्मिएको बच्चाको इआइडी टेस्टिङ पनि धरानमै हुन्छ। बिपी प्रतिष्ठान धरान संक्रमितहरुको उपचारका लागि राम्रो सुविधा भएको अस्पतालका रुपमा परिचित छ।
(दाहाल किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्रमा लागुऔषध कार्यक्रमको वरिष्ठ कार्यक्रम संयोजकको रुपमा कार्यरत छन्।)