पृष्ठभूमि
‘सबै प्रकारका रणनीतिहरु परिचालन गर्न ढिला भयो भने दोस्रो लहरको जोखिम धेरै वास्तविकतामा परिवर्तन हुन सक्छ र हामी कसैले पनि त्यसको परिणामको पूर्वानुमान गर्न सकिँदैन।’
कोरोना महामारीले विश्वभरीको अवस्था उथलपुथल परिरहँदा बन्दाबन्दी (लकडाउन), स्यानिटाइजिङ, सामाजिक दुरी, मास्कको प्रयोग जस्ता क्रियाकलापहरु हामीले पालना गर्नुपर्ने नियम बनेर बसेका छन्। स्वास्थ्य सावधानी र मापदण्ड हाम्रो आचारसंहिता बनेको छ।
अहिलेसम्मको अवस्था हेर्ने हो भने महामारीले प्राय ज्येष्ठ नागरिक, दीर्घरोगी, प्रतिरक्षा क्षमता कम भएका व्यक्तिहरुलाई यो भाइरसले धेरै नै हानी पु¥याएको छ। हालसम्मको मृत्यूदर हेर्दा पनि यस्तै पाइएको छ।
अहिले फेरि कोरोनाको दास्रो लहर आएको छ। विश्वका धेरै मुलुकमा कोरोनाको दास्रो लहर आएकोले नेपालमा पनि जोखिम बढाएको छ। नेपालमा पनि कतिपयमा यस्तै संकेत देखिन थालेको छ। किनकी विश्वभरी नै कोरोनाभाइरसको नयाँ प्रजाती उत्पन्न भएको र असरहरु पनि भिन्नभिन्न प्रकारका पाइएको छ। जसले दोस्रो लहर आएको संकेत ल्याएको छ।
अहिलेसम्मको महामारी हेर्ने हो भने इन्फ्लूएन्जा महामारी सन् १९१८, १९५७, १९६८ र २००९ साथै स्पेनिस फ्लू १९१८ जुन दुई वर्षसम्म महामारीको विभिन्न लहरको रुपमा देखिएको थियो। यस्ता खालका महामारीका लहरहरु विश्वभरीका देशहरुमा फैलिरहेको अवस्थामा अहिले आएर हाम्रो छिमेकी मुलुक भारतमा पनि एउटा आगोको मुस्लोको रुपमा देखा परेको छ। जसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हाम्रो देश नेपालमा पनि असर गर्न सक्दछ, जुन पहिलो महामारीमा हामीले भोगी आएका थियौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि चेतावनी दिंदै आएको छ कि, कोरोनाभाइरसका घटनाहरु निकै चिन्ताजनक रुपमा बढ्दै छन् र गम्भीर अवस्था देखा पर्न सक्दछ। यसर्थ सावधानी र सचेतना नै अबको एकमात्र बलियो हतियार हो।
साथै हामी मानिसको व्यवहार र आचरणमा भविष्यको प्रकोप निर्भर रहन्छ। जुन हामीले पहिलेको कोरोना महामारीबाट धेरै पाठ सिकिसकेका छौं। साथै विभिन्न आपतकालिन नीति नियम लागु गर्दै कोरोनासँग लडिरहेका छौं। महामारीको सामनाका लागि अनेक प्रकारका नियम बनाएका पनि छौं। तैपनी महामारीले अनेक तरिकाले सताएकै छ। समग्रमा मानव जातिप्रति नै कोरोनाले ठूलो घात गरिरहेको छ।
देशभरी पछिल्लो चरणमा भएका परीक्षण र त्यसको नतिजा हेर्दा कोरोनाको दोस्रो लहर नेपालमा पनि व्यापक मात्रामा फैलिएको देखिन्छ। यसैलाई आधार मानेर मापदण्डको सही पालना नगर्ने हो भने यसले अर्को भयानक रुप निम्त्याउने खतरा छ। महामारीको दोस्रो लहरको सामना गर्नका लागि आजैदेखि सावधानी अपनाएर सचेत बन्न जरुरी छ। यस्तो अवस्थामा सरकारले पनि आफ्ना संयन्त्रलाई सही ढंगले परिचालन गर्नुपर्ने हुन्छ ।
दोस्रो लहरको तयारी
सरकारले पर्याप्त मात्रामा जनशक्ति, महामारीका लागि स्वास्थ्य सामग्री, स्वास्थ्यका उचित नीति नियम आदि जुटाउन जरुरी छ। जसले गर्दा महामारीसँग लड्न केही हदसम्म सजिलो हुने छ।
अपनाउनु पर्ने केहि उपायहरु
१) कार्यपछि रिपोर्टिङ गर्ने- जस्तैः के राम्रो र नराम्रो बारे
२) नीति र जोखिम मुल्याङ्कनको समिक्षा र अपडेट गर्ने
३) समन्वयन प्रदर्शन सुधारको निरन्तर समिक्षा र मुल्याङ्कन साथै सुधारको आंकलन गर्ने।
४) आवश्यक आपूर्ति प्रदान गर्ने र संक्रमण नियन्त्रणका अभ्यासहरु लागू गर्ने।
५) स्थानान्तरण र प्रवेशका लागी नीति पूनः भ्रमण र अपडेट गर्ने।
६) पछिल्ला दिशा निर्देशहरु सँग नजिक रहने।
७) भेन्टिलेटर र आइसियुको व्यवस्थापन गर्ने र बिरामीलाई आत्मबल बढाउने काम गर्नुपर्ने छ। यसका बारेमा देशभरका सबै भेन्टिलेटर र आइसियुलाई तयारी राख्न जरुरी छ।
८) नयाँ फरक रणनीति जस्तैः टेली–मेडिसिन सेवा, भर्चुअल क्लिनिकहरु कार्यन्वयन र समिक्षा गर्ने।
९) प्राथमिकता परीक्षण, स्वास्थ्यकर्मीको अभाव, पिपिइको अवस्था, मार्गनिर्देशन, मनोसामाजिक समर्थन र सुधारिएको अनुपालनको साथ स्वास्थ्य सेवा प्रवन्ध गर्ने।
१०) स्थानीय स्वास्थ्य अधिकारीसँग अपडेट रहने।
११) प्रारम्भिक खोप अभियानलाई अगाडि बढाउने र खोपको अपडेट गराउन।
१२) स्वास्थ्य सेवा प्रणाली र क्षमताको आंकलन सुधार गर्ने।
१३) २/३ हप्तालाई पुग्ने खाद्यपदार्थ औषधि र अन्य आवश्यक सामग्री जुटाउने ।
१४) डाक्टर, क्लिनिक र अस्पतालहरुले उपकरण र चाहिने सामग्री भण्डारण गर्ने।
१५) सभा, जुलु्स, यात्रा, पार्टी, भोज, भतेर जस्ता अत्यधिक मानिस जमघट हुने क्रियाकलापहरुमा प्रतिवन्ध लगाउने।
१६) आवागमन र यात्राहरुमा प्रतिवन्ध लगाउने।
१७) सरकारले थालेको सम्पूर्ण स्वास्थ्यका नीति नियमहरुलाई समर्थन र पालना गर्ने।
निष्कर्ष
कोभिड–१९ को महामारीको दोस्रो लहरले हाम्रो देशमा पनि ठूलो भयावह अवस्था ल्याउँदैन भन्न सकिन्न। विशेषतः सामाजिक दुरी, स्यानिटाइजिङ, मास्कको उचित प्रयोग नै यो दोस्रो लहर संक्रमणको साङ्लो तोड्ने विधिहरु हुन्। जुन हाम्रो नेपाली जनमासमा कम प्रयोग र प्रयोग गरेता पनि उचित ढङ्गले नगरेको पाइन्छ। यदि दोस्रो लहरको संक्रमण स्तर बृद्धि भइरहेको अवस्था आयो भने लकडाउन गर्नुको विकल्प रहदैन।
किनकी लकडाउन गरेर नै बेलायत र यूरोपियन देशहरुमा दोस्रो लहरको मृत्यूदर करिव ३.१ मिलियनको मृत्यूलाई रोक्नुका साथै ८० देखि ८२ प्रतिशत संक्रमण दर घटाउन सहयोग गरेको पाइन्छ ।
विश्वभरीको अध्ययनले करिव ५३० मिलियन जनमानसलाई कोभिड–१९ संक्रमणबाट बचाएको पनि छ। यसको अर्थ यदि सबै प्रकारका रणनीतिहरु परिचालन गर्न ढिला भयो भने दोस्रो लहरको जोखिम धेरै वास्तविकतामा परिवर्तन हुन सक्छ र हामी कसैले पनि त्यसको परिणामको पूर्वानुमान गर्न सक्दैनौं। परिणाम धेरै हदसम्म हामी पहिलेको महामारीबाट सिकेका पाठहरु कसरी लागू गर्न सक्दछौं, त्यसमा निर्भर रहन्छ।
हामीले सबैभन्दा खराब अवस्थासंग जुध्नका लागि योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्नुपर्ने छ। सरकारले बनाउने नियम र आग्रहलाई राजनीतिक लाभहानीका रुपमा लिएर खिसिटियूरी गर्ने, विरोधका लागि विरोध गर्ने गलत प्रवृत्ति छ। सरकारले ल्याउने राम्रा योजनालाई पनि बदनाम गराउने उद्देश्यले भ्रम सिर्जना गर्ने गरिएको छ। एक किसिमले भ्रामक र विरोधका समाचारहरुलाई खुबै फैलाउने गरिएको छ। राम्रोलाई राम्रो भन्ने र खराब भएमा आलोचना गर्ने चेतलाई नै पूर्वाग्रहमा बदल्ने खतरा छ। पूर्वाग्रह राखेर, मनमा खराब आचारण राखेर प्रस्तुत हुनु भनेको आफू र समग्र समाजका लागि घाटा हो।
हाम्रो आपतकालिन तयारी अनि प्रशिक्षणहरुको मुल्याङ्कन गर्दै निर्णय निर्माताहरु र सरोकारहरुले मृत्यूदरको प्रभाव र जोखिम कम गर्न स्वास्थ्य सेवा प्रणालीमा प्रर्याप्त स्वास्थ्यकर्मी, स्रोत र क्षमताहरु छन् भन्ने कुरा सुनिश्चित गर्दै तुरुन्त कदम चाल्नु पर्दछ। सरकारले बनाउने नियम, मापदण्डलाई पालना गर्ने र सबैले स्वास्थ्य सावधानी अपनाउनुपर्ने छ। आफू आफूबाट हुने सावधानी र नियमको पालनाले नै महामारीविरुद्धको लडाइँ जित्न सकिन्छ। अब फेरि एकपटक सामूहिक प्रयासबाटै महामारीको सम्भावित दोस्रो लहरको सामना गर्न सकिन्छ।
(लेखक माइक्रोबायोलोजिस्ट हुन्)