काठमाडौं– लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको जिम्मेवारी इन्द्रजीत थारुले पाएका छन्।
लुम्बिनी प्रदेश सरकारले आइतबार मन्त्रिहरु हेरफेर गर्दै थारुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो।
यस्तै, स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी बिमला कुमारी खत्रीले पाएकी छन्।
इन्द्रजीत थारु दाङ क्षेत्र नम्बर एक‘क’बाट प्रत्यक्ष निवार्चित सांसद हुन्। उनी प्रदेशमा पहिलो पटक मन्त्री भएका हुन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन। थारु पहिलो संविधान सभा निर्वाचनमा पहिलो पटक होमिएका थिए। त्यतिबेला तत्कालिन कांग्रेस प्रभाशाली नेता खुमबहादुर खड्कालाई पराजित गरेपछि चर्चामा आएका थिए।
विमला खत्री(ओली) दाङ क्षेत्र नम्बर तीन(ख)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनका श्रीमान उत्तरकुमार ओली सवारी दुर्घटनामा दाङको मसोटमा निधन भएपछि उपनिर्वाचनबाट खत्री निर्वाचित भएकी थिइन। उनी तत्कालिन नेकपाबाट उपनिर्वाचनबाट प्रदेश सभामा आएकी हुन्। उनी नेकपाबाट निर्वाचित भएकाले माओवादी केन्द्रलाई रोजकी थिइन्।