काठमाडौं- स्वास्थ्य सेवा तर्फको १२औं तहक बढुवाको प्रक्रिया अगाडि बढेसँगै निवेदन दिनेको संख्या पनि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायमा १२औं तहको तीन वटा पद रिक्त छ। रिक्त तीन वटा पदका लागि २१ जनाले निवेदन दिएका छन्।
बढुवा समितिको निर्णय अनुसार मन्त्रालयले १२औं तहका बढुवाका लागि आवेदन माग गरेको थियो। आवेदन दिने म्याद आजबाट सकिएको छ।
यी हुन् वरिष्ठतामा अगाडि रहेका १० कर्मचारी
१. डा भिमसिंह टिंकरी
२. डा गुणराज लोहनी
३. डा तारानाथ पोखरेल
४. सुनिलराज शर्मा
५. डा कृष्णप्रसाद पौडेल
६. डा वासुदेव उपाध्याय
७. डा सगीता मिश्रा
८. बद्रीबहादुर खड्का
९. बिनोद बिन्दु शर्मा
१०. श्रीकृष्ण श्रेष्ठ