काठमाडौं- चिकित्सा शिक्षा आयोगले डिएम र एमसिचएका लागि १० वटा कलेजको सिट तोकेको छ। आयोगले डिएममा १२ र एमसिएचमा ६ गरी १८ वटा विषयका लागि सिट निर्धारण गरेको हो।
आयोगको कार्कारी समितिको निर्णय अनुसार सबैभन्दा धेरै कार्डियोलोजीमा १३ वटा सिट तोकिएको छ।
आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, काठमाडौं मेडिकल कलेज, केयू स्कुल अफ मेडिकल साइन्सेस, महाराजगञ्ज मेडिकल क्याम्पस, मणिपाल कलेज अफ मेडिकल साइन्सेस, नेसल एकेडेमी अफ मेडिकल साइन्सेस, नेपाल मेडिकल कलेज र नोबल मेडिकल कलेजका लागि सिट निर्धारण गरेको हो।
हेरौं कुन कलेजलाई कुन विषयमा कति सिट?
