काठमाडौं- गत २४ घण्टाभित्र नेपालमा थप ४५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल ६ हजार २१४ जनाको नमूना परीक्षण गर्दा ४५५ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३९८ र एन्टिजेन विधिबाट ५७ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल तीन हजार ४१८ पीसीआर र २ हजार ७९६ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।