काठमाडौं- गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ३५४ कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका सबैभन्दा बढी २४३ जना रहेका छन्। यसैगरी भक्तपुरमा २४ र ललितपुरमा ८७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, गत २४ घण्टाभित्र नेपालमा थप एक हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ९१६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ९६ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार १४० जनाको पिअिसार परीक्षण गर्दा ९५७ र एक हजार ७७६ जनाको एन्टीजेन परीक्षण गर्दा १३९ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर १ हजार ४ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ।
देशभर ११ हजार ८१५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २२८ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख ६३ हजार २६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।