काठमाडौं - कोरोना संक्रमणबाट मृत्यु हुनेमा ६० देखि ६९ वर्ष उमेर समूहका व्यक्तिहरु सबैभन्दा धेरै रहेको पाइएको छ। कुल मृतक संख्यामध्ये २ हजार ३७९ जना मात्र ६० देखि ६९ वर्षका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा हाल कोरोना संक्रमित मृतककोे संख्या ११ हजार ३१८ पुगेको छ। गत २४ घण्टामा मात्र १३ जना संक्रमितले ज्यान गुमाएका छन्।
सबैभन्दा धेरै ज्यान गुमाउनेको दोस्रो सूचीमा ७० देखि ७९ वर्ष उमेरका व्यक्ति छन्। हालसम्म यो वर्ष उमेर समूहका २ हजार २२९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।
यस्तै, ५० देखि ५९ वर्षका २ हजार २०३, ४० देखि ४९ वर्षका १ हजार ६०२, ८० वर्ष माथिका १ हजार ५११, ३० देखि ३९ वर्षका ९२४, २० देखि २९ वर्षका ३५६, १० देखि १९ वर्षका ५४, ९ वर्षसम्मका ४८ र अज्ञात १२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।