काठमाडौं - देशभर हाल चार वटा जिल्लामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। दुई वटा प्रदेशका चार जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशको तीन र गण्डकीको एक वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित छन्। यो सूचीमा काठमाडौं, भक्तपुर, ललितपुर र कास्की छन्।
यस्तै १५ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। यो सुनसरी, मोरङ, झापा, धनुषा, सप्तरी, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नवलपरासी पूर्व, बागलुङ, स्याङजा, रुपन्देही, दाङ, बाँके र कैलाली छन्। मुस्ताङ र मुगुमा भने सक्रिय संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ।