काठमाडौं - नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जनाको उम्मेदवारी परेको छ।
आगामी मंसिरमा हुने काउन्सिलको निर्वाचनका लागि ३५ जनाको उम्मेदवारी परेको हो। उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
उपाध्यक्ष पदका लागि डा शिवजी पौडेल, डा रामपरिक्षण यादव र डा प्रमोद कुमार यादवले उम्मेदवारी दिएका छन्। काउन्सिलको २०७८/८२ कार्यकालका लागि चुनाव हुन लागेको हो।
मंसिर ३ र ४ गते उपत्यकामा तथा मंसिर १० र ११ गते उपत्यका बाहिर निर्वाचन हुने समितिले जनाएको छ।
उम्मेदवारहरुको नामालवी :