काठमाडौं– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका उपप्रमुख मीरा अधिकारी (लामा) को निधन भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनको केही दिनदेखि महाराजञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको थियो।
उनलाई रक्त क्यान्सरको समस्या थियो।
उनको उपचारकै क्रममा आज निधन भएको परिवार स्रोतले जनाएको छ। उनी नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएकी थिइन्।
५१ वर्षीया अधिकारीका तीन छोरी छन्।