दाङ - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा लामो समय देखि अवरुद्व रहेको जिन एक्सपर्ट सेवा सुरु भएको छ। क्षयरोग निदानका लागि प्रभावकारी मानिने जिन एक्सपर्ट सेवा प्रतिष्ठानमा सुरु भएको हो।
अस्पताल निर्देशक डा प्रज्ञा बस्नेतले एक कार्यक्रमका बीच उक्त सेवाको उद्घाटन गरिन्। कार्यक्रममा सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम प्रबन्धक मिमबहादुर सिँह, स्वास्थ्य कार्यलय दाङका क्षयरोग फोकल पर्सन डम्बर कुँवर, किड्स क्षयरोग परियोजनाका प्रदेश संयोजक भिमा पराजुलीको उपस्थिति थियो।
उक्त प्रविधिले क्षयरोग निदान र व्यवस्थापनमा ठूलो सहयोग पुग्ने र सेवाग्राहीलाई बाहिरी जिल्ला धाउनुपर्ने बाध्यताको अन्त्य हुने दाङ क्षयरोग परियोजना प्रमुख माधव खनालले बताए।