फाइल तस्बिर काठमाडौं- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंहलाई जिम्मेवारी दिइएको छ। मन्त्रालयमा रहेका डा सिंहलाई आइतबार विभागको महानिर्देशकको जिम्मेवारीको पत्र दिइएको हो।
डा सिंहलाई आज महानिर्देशकको पत्र दिइएको मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए।
विभागका निमित्त महानिर्देशक डा आरपी बिच्छाको उमेरका आधारमा सेवा अवधि सकिएपछि डा सिंहलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो। डा बिच्छाको सेवा अवधि सकिए पनि सरकारले उनको सेवा तीन वर्ष थप गरेको छ।
यसरी सेवा थप गरेका कर्मचारीलाई कार्यकारी जिम्मेवारी दिन पाइँदैन। सोही कारण मन्त्रालयले विभागको महानिर्देशकमा डा सिंहलाई पठाएको हो।