काठमाडौं - आजदेखि देशभर भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन भइरहेकाे छ।
हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो।

७५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ।

बालबालिकाहरुलाई भिटामिन ए र जुकाकाे औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुराेध गरेकाे छ।
केही तस्बिरहरु



तस्बिरहरु: रासस