काठमाडौं- नेपाल मेडिकल काउन्सिलले नेपालमा दर्ता भएका १३९ जना चिकित्सकको नाम हटाएको छ।
काउन्सिलले सूचना जारी गर्दै नाम दर्ता भएका चिकित्सकहरूको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्ने, दिवंगत भएका वा सदस्यताबाट नाम हटाइने भएका चिकित्सकहरूको नाम हटाउने, र दर्ता अभिलेख अध्यावधिक गर्न १० महिला चिकित्सक सहित १३९ जना चिकित्सकको नाम हटाइएको जनाएको छ।
१३७ जना मृत्यु भएका र १ जना कागजात गलत भएको र अर्का एक चिकित्सक निष्काशित भइसकेकोले काउन्सिलले नाम दर्ता सूचीबाट उनीहरुको नाम हटाइएको बताएकोछ।
काउन्सिलले नाम हटाइएकोमध्ये कुनै चिकित्सकको नाम गल्तीले हटेको भए सूचना प्रकाशित भएको तीस दिनभित्र काउन्सिलमा सम्पर्क राख्न अनुरोध समेत गरेको छ।
हेरौं सूची [यहाँ क्लिक गरौं]