काठमाडौं- सरकारले बाल रोग विशेषज्ञ डा आरपी बिच्छालाई प्रधानमन्त्रीको प्रमुख जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्रिपरिषद बैठकले डा बिच्छालाई जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको हो।
डा बिच्छाले स्वास्थ्यखबरसँग छोटो प्रतिक्रिया दिँदै भने, 'मैले आज पत्र लिएको छु। त्यसमा प्रमुख जनस्वास्थ्य विज्ञ सल्लाहकारका रुपमा नियुक्त गरेको कुरा उल्लेख छ।'
डा बिच्छाले कात्तिक ७ गतेबाट सरकारी सेवाबाट उमेरका आधारमा अनिवार्य अवकाश पाउँदै थिए। तर सरकारले उनको सेवाअवधि तीन वर्ष थप गरेको छ। यसरी सेवा अवधि थप भएका कर्मचारी कार्यकारी पदमा बस्न मिल्दैन। जसका कारण उनी स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकबाट जिम्मेवारी मुक्त भएका थिए।
तीन महिना सेवा अवधि रहेका बिच्छालाई सरकारले विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो।