काठमाडौं- देशभर लक्षित जनसंख्यामध्ये १८ वर्षमाथिका ३४ दशमलब ५ प्रतिशत व्यक्तिले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्।
१८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ लक्षित जनसंख्यामध्ये ४३ दशमलब ४ प्रतिशतले कोरोना विरुद्धको पहिलो मात्रा खोप पाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांक अनुसार हालसम्म एक करोड ५५ लाख २० हजार ८८० डोज खोप लगाइसकिएको छ।