काठमाडौं- प्रदेश १ सरकारले प्रदेश अन्तर्गतका कार्यालय र निकायहरुको संगठन संरचना परिवर्तन गरेको छ। प्रदेश १ सरकारले एकीकृत सेवा दिने भन्दै नयाँ संरचना बनाएको हो। नयाँ संरचनामा स्वास्थ्यमा हाल भइरहेको संरचना झन् कमजोर बनाइएको छ।
स्वास्थ्यको संरचना कमजोर बनाइएको भन्दै स्वास्थ्यकर्मीहरुले विरोध गर्न थालेका छन्। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषदको कार्यालयले एकीकृत सेवा दिने भन्दै भूमी व्यवस्था तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उधोग, पर्यटन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयका कार्यलयहरुको नयाँ संरचना बनाएको हो।
नयाँ संरचनामा केही जिल्लामा स्वास्थ्यका कार्यालय नै नहुने तथा केही जिल्लामा स्वास्थ्य सेवाका कर्मचारी प्रमुख समेत बन्न नपाउने गरी बनाइएको छ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रिय सदस्य रामकुमार धमलाले नयाँ संरचनाले स्वास्थ्यमा थप समस्या सिर्जना गर्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत नै खबरदारी गरेका छन्। उनले नयाँ संरचनाका विषयमा सबैले एकजुट भएर आवाज उठाउन पनि आह्वान गरेका छन्।
हेरौं नयाँ संरचना