काठमाडौं- ललितपुर महानगरपालिकाका ७४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आजदेखि निमोनियाविरुद्धको खोप (पिसिभी १३) दिइदै छ।
महानगरपालिकाले नेपाली नागरिकता प्रमाण पत्र र वडा कार्यालयबाट प्रमाणित भई आएको नामावलीको आधारमा खोप ज्येष्ठ नागरिकलाई खोप दिने जनाएको छ।
अभियान अन्तरगत आजदेखि १७ कात्तिकसम्म २९ वटै वडामा पहिलो चरणको खोप अभियान सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। नगरपालिकाले तोकिएका दिनमा तोकिएको वडाका खोप केन्द्रमा नागरिकता वा वडा कार्यालयले सिफारिस पत्र लिएर जान अनुरोध गरेको छ ।
महानगरपालिकाले पहिलो चरणको अभियान अन्तरगत ७४ माथिकालाई खोप लगाईसकेपछि ७० देखि ७३ बर्ष उमेर समूहका लागि दोस्रो चरणमा खोप अभियान सञ्चालन गर्ने समेत जानकारी दिएको छ।
