काठमाडौं- वरिष्ठ मुटुरोग विशेषज्ञ डा उदय कुमार श्रेष्ठको निधन भएको छ। डा श्रेष्ठको उपचारका क्रममा निधन भएको हो। लामो समयदेखि क्यान्सरसँग जुधिरहेका डा श्रेष्ठको शुक्रबार नर्भिक अस्पतालमा निधन भएको हो।
डा श्रेष्ठको निधनले नेपाली चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको नेपाल चिकित्सक संघले जनाएको छ। संघले विज्ञप्ति जारी गर्दै दु:ख व्यक्त गरेको हो।
‘इमान्दार, लगनशील र प्रतिष्ठित मुटुरोग विशेषज्ञ गुमाउन पुगेकोमा संघ अत्यन्तै मर्माहित भएका छ,’ संघको विज्ञप्तिमा भनिएको छ ‘दिवंगत आत्माको चीरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवारप्रति संघ हार्दिक समवेदना प्रकट गर्दछ।’
डा श्रेष्ठ अल्का अस्पतालमा कार्यरत थिए।
