काठमाडौं - त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलबाट प्रस्थान गर्ने यात्रुहरुका लागि पिसिआर परीक्षण शुल्क जथाभावी लिएको पाइएमा प्रयोगशालाहरुलाई कारवाही गर्ने चेतावनी दिइएको छ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थल परिसरमा रहेका पिसिआर परीक्षणका स्थापित प्रयोगशालाहरुले जथाभावि शुल्क लिएको गुनासो आएपछि विमानस्थल संचालक विभागले आठ वटा प्रयोगशालाहरुलाई पत्राचार गरेको छ।
स्टार हस्पिटल, टिजी मेडिसिन डिप्टिवुटरस प्रालि, क्रिस्टल डाईग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एन्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबलाई पत्राचार गर्दै पिसिआर १२ सय भन्दा शुल्क नलिन निर्देशन दिएको छ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकले निरीक्षण क्रममा उक्त गुनासो आएको भन्दै विमास्थल संचालक विभागले वीर अस्पतालले एक हजार लिइरहेको भन्दै विमानस्थल परिसरमा भएका प्रयोगशालाहरुले १२ सय भन्दा बढी नलिन सचेत गराएको हो।