काठमाडौं - ललितपुरको सानेपास्थित स्टार अस्पतालले आजदेखि ग्यास्ट्रोएन्टोरोलोजी (जीआई) सेन्टर सुरु गरेको छ। ग्यास्ट्रो सम्बन्धी सबै किसिमको सेवा दिने उद्देश्यका साथ अत्याधुनिक उपकरण सहितको जीआई सेन्टरको सुरुवात गरिएको अस्पतालले जनाएको छ।
डा दिपेशलाल गुरु आचार्यको नेतृत्वमा उक्त सेन्टरको सुरुवात गरिएको अस्पतालका मेडिकल निर्देशक डा शैल रुपाखेतीले जानकारी दिए। पेटरोग सम्बन्धी उपचारको लागि अन्यत्र जान नपर्ने गरी सेवा सुरु गरिएको उनले बताए। डा दिनेश श्रेष्ठ, डा श्रीजन प्रधान, डा अमित जोशी लगायतको टिम रहेको छ।

उक्त सेन्टरमा बच्चाहरुमा हुने ग्यास्ट्रो सम्बन्धी सबै किसिमको उपचार हुने अस्पतालले जनाएको छ। उक्त सेन्टर अस्पतालको पाँचौ तल्लामा रहेको छ। यो सेन्टरलाई देशकै एक उत्कृष्ट सेन्टरको रुप विकास गर्ने आफुहरुको उद्देश्य रहेको डा रुपाखेतीले बताए। अत्याधुनिक प्रविधिको प्रयोग गरी उपचार गरिने भएकाले बिरामीहरुलाई बाहिर जान नपर्ने डा दिपेशलाल गुरु आचार्यले बताए।