काठमाडौं- नेपाल मेडिकल काउन्सिलको निर्वाचन मतदानको लागि निर्धारण गरिएको परिचयपत्रहरू सम्बन्धी सूचना सार्वजनिक गरेको छ। काउन्सिलले सार्वजनिक गरेको सूचना अनुसार काउन्सिलको निर्वाचनमा मतदान गर्ने जाने मतदाताले मतदान गर्न जाँदा परिचय खुल्ने परिचयपत्र अनिवार्य बोक्नु पर्ने हुन्छ।
काउन्सिलका अनुसार मतदाता नामावलीमा नाम भएका मतदाताले पाँच प्रकारका परिचयपत्रमध्ये कुनै एकको सक्कलै पत्र अनिवार्य बोक्नु पर्ने छ।
यी पाँच परिचयपत्रमध्ये कुनै एक अनिवार्य बोक्न पर्नेछ।
१. नेपाल मेडिकल काउन्सिलले प्रदान गरेको चिकित्सक दर्ता प्रमाणपत्र वा परिचयपत्रको सक्कल
२. नेपाल मेडिकल एसोसिएसन/नेपाल डेन्टल एसोसिएसनले प्रदान गरेको परिचयपत्रको सक्कल
३. नेपाली नागरिकताको सक्कल
४. म्याद ननाघेको राहदानीपत्रको सक्कल
५. निर्वाचन आयोगले प्रमाणित गरेको मतदाता परिचयपत्रको सक्कल
काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका लागि मंसिर ३ र ४ मा उपत्यका बाहिर तथा मंसिर १० र ११ गते काठमाडौं उपत्यकाभित्र निर्वाचन हुँदैछ। उपाध्यक्ष पदका लागि तीन र सदस्य पदका लागि ३२ जना चुनावी मैदानमा छन्।
