काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पतालबाट डिस्चार्ज भएकी छिन्। निमोनिया संक्रमण भई एक सातादेखि वीर अस्पतालमा उपचार गराइरहेकी झाँकी बुधबार साँझ डिस्चार्ज भएकी हुन्।
अस्पतालबाट डिस्चार्ज भएपनि उनले केही दिन भेटघाट नगर्ने सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छिन्।
‘मलाई संक्रमणको उच्च जोखिम कायम रहेको हुँदा चिकित्सकको सल्लाहअनुसार अझै केही दिन भेटघाट गर्न असमर्थ रहेको कुरा अनुरोध गर्दछु,’ उनले लेखेकी छिन्।