काठमाडौं– चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई भेरोसेल खोप र स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ। चिनियाँ जनमुक्ति सेनाले १० थान भेन्टिलेटर, एक सय थान कन्सट्रेटर र ३ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप हस्तान्तरण गरेको हो।
सोमबार सैनिक मुख्यायल जंगी अड्डामा एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छीले सेनापति प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तण गरेकी हुन्।
सेनापति शर्माले सहयोगका लागि चिनियाँ जनमुक्ति सेनालाई धन्यावाद दिएका छन्। यस किसिमको सहयोगबाट दुई देशका सेनाबीचको सम्बन्ध थप मजबुद हुने सेनाले विश्वास लिएको छ।