काठमाडौं- नेपाल नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ। संघका पदाधिकारीले मंगलबार मन्त्रालयमा पुगेर मन्त्री खतिवडालाई ज्ञापन पत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा संघले विगतका माग तथा सहमतिका विषय सम्झाउँदै नर्सहरुको रात्रीकालिन भत्ता र पोसाक भत्ता बढाउन माग गरेको छ। संघले विभिन्न अस्पताल, स्वास्थ्य संस्थाहरुमा रात्रीकालिन ड्युटी खटिने नर्सहरुको समायावधि अधिक एवंम जोखिमपूर्ण भएकाले रात्रीकालिन भत्ता वृद्धि गर्न जोड गरेको छ।
ज्ञापनपत्रमा नर्सहरुको प्रति रात्रीकालिन भत्ता कम्तिमा एक हजार र लुगा भत्ता १० हजार हुनुपर्ने माग राखेको छ।
हेरौं संघले बुझाएको ज्ञापनपत्र
