काठमाडौं- स्वास्थ्य सेवा तर्फको प्रमुख विशेषज्ञ (१२औं तह)को रिक्त पदमा हुने भनिएको बढुवाको प्रक्रिया केही दिन पर धकेलिएको छ। बढुवा समितिका एक जना सदस्य बिदामा बसेका कारण प्रक्रिया लम्बिने भएको हो।
समितिको यसअघि कात्तिक १६ र १७ गते दुई दिन बैठक बसेको थियो। तर बैठकले सम्भावित कर्मचारीको नाम सिफारिस गर्न सकेको थिएन। 'तिहार लगत्तै बठैक बसेर नाम टुंगो लगाउन भनिए पनि समितिका एक जना सदस्य बिदा बसेका कारण केही दिन काम रोकिने भएको छ,' समितिका एक सदस्यले भने, 'बिदामा बस्नु भएका सदस्य फर्किएपछि मात्र आवश्यक प्रक्रिया अगाडि बढ्छ।'
उनका अनुसार सम्भवत अर्को साता बैठक बसेर नाम सिफारिस हुनेछ। बढुवा समितिमा लोकसेवा आयोगका पदाधिकारी, मुख्य सचिव, कानुन सचिव, स्वास्थ्य सचिव रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायमा १२औं तहको तीन वटा पद रिक्त छ। रिक्त तीन वटा पदका लागि २१ जनाले निवेदन दिएका छन्। आवेदनमध्ये समितिले पाँच जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। ती पाँचजनामध्ये तीन जना १२औं तहमा बढुवा हुने छन्।
१२औं तहको रिक्त पद संख्या तीनमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताका आधारमा बढुवा गर्न लागेको हो। २०७८ असार मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवा अवधि पूरा भएका ११औं तहका अधिकृत कर्मचारीले बढुवामा आवेदन दिएका हुन्।
यी हुन् आवेदन दिने २१ कर्मचारी
डा भिमसिंह टिंकरी
डा गुणराज लोहनी
डा तारानाथ पोखरेल
डा संगिता कौशल मिश्रा
डा कृष्ण प्रसाद पौडेल
डा वासुदेव जनार्दन प्रसाद उपाध्याय
डा विकास देवकोटा
डा संजय कुमार ठाकुर
डा श्याम सुन्दर यादव
डा दिप थापा मगर
डा श्रीकृष्ण श्रेष्ठ
डा सुधा देवकोटा
डा आमिर बाबू श्रेष्ठ
डा रघुनन्दन ब्याजु
डा टंक प्रसाद बाराकोटी
डा प्रभा चापागाईं कोइराला
गोमादेवी निरौला
डा शैली प्रधान
डा आरपी बिच्छा
डा सुदेश सुवेदी
सुनिलराज शर्मा