काठमाडौं- सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न रोक लगाएको छ।
उपकुलपति डा रावल र रजिष्ट्रार महतका विषयमा गुनासो आएपछि प्रतिष्ठानको सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै दैनिक कामकाज गर्न रोक लगाउने निर्णय गरेका हुन्।
डा रावल र महतको नियुक्तीका विषयमा नै प्रश्न उठेपछि कामकाज गर्न रोक लगाइएको मन्त्री निकट स्रोतले स्वास्थ्यखबरलाई जानकारी दियो।
मन्त्री खतिवडाले यस विषयमा छानबिन गर्न समिति गठन गर्ने तयारी समेत गरेका छन्।
डा रावल गत चैत २२ गते उपकुलपति नियुक्त भएका थिए। यस्तै असार ११ गते महत रजिष्ट्रारमा नियुक्त भएका थिए।