काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा गरि पछिल्लो २४ घण्टामा १५३ जना संक्रमित थपिएका हुन्।
जसमध्ये काठमाडौंमा ११०, ललितपुरमा ३६ र भक्तपुरमा ७ जना रहेका छन्।
मन्त्रालयका अनुसार देशभर भने पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१२ हजार ६५३ जनाको परीक्षण गर्दा ३१७ जना संक्रमित थपिएका हुन्।
९ हजार ६०९ जनाको पीसीआर र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ।
नेपालमा हाल ७ हजार ५३५ जना सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७९ जना संक्रमणमुक्त भएका छन्।
कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।