काठमाडौं - कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेको जिल्लाको संख्या हाल घट्दै गइरहेको छ। हाल ललितपुर जिल्लामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि काठमाडौं र भक्तपुर पनि यसको सूचीमा थियो।
ललितपुरमा हाल ५१२ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा ४६४ र भक्तपुरमा ४७३ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ।
यस्तै १० वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। मोरङ, सुनसरी, धुनषा, काठमाडौं, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलालीमा कोरोनाको दुई सय बढी सक्रिय संक्रमित छन्। हुम्ला र डोल्पामा मात्र सक्रिय संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ।