काठमाडौं- ललितपुर महानगरपालिकाले विभिन्न मितिमा कोरोनाविरुद्धको पहिलो मात्र भेरोसेल खोप लगाएकालाई दोस्रो मात्र खोप लगाउने भएको छ।
महानगरपालिकाले मंगलबार एक विज्ञप्ति जारी गर्दै दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरुका लागि मंसिर २ र ३ गते(बिही र शुक्रबार) भेरोसेल खोपको दोस्रो मात्र लगाउने कार्यक्रम रहेको जनाएको छ।
भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिले आ-आफ्नो वडामा सम्पर्क गरि खोप लगाउन ललितपुरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए।