काठमाडौं- नेपाल मेडिकल काउन्सिल र नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रयोगशाला लगायतका रिपोर्टहरुमा स्क्यान गरिएको हस्ताक्षर प्रयोग नगर्न सूचित गरेको छन्। दुवै काउन्सिलले संयुक्त रुपमा सूचना जारी गर्दै अस्पताल, क्लिनिक, स्वास्थ्य केन्द्र तथा प्रयोगशालाहरुलाई विज्ञता हासिल गरेका दर्तावाल व्यक्तिको हस्ताक्षर प्रयोग गर्न भनेका हुन्।
दुवै काउन्सिलले स्क्यान गरिएको हस्ताक्षर प्रयोग नर्गन, लिखित हस्ताक्षर गर्दा प्रमाणपत्र नम्बर पनि उल्लेख गर्न भनेका छन्। उनीहरुले विज्ञको उपस्थिति वा अनुपस्थितिमा स्क्यान हस्ताक्षर प्रयोग भएको भन्दै सूचना निकाले हो।