काठमाडौं- स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट देशमा सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यो बर्ष पनि सम्मानित भएको छ। आर्थिक बर्ष २०७६/०७७ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेर नोबेल सम्मानित भएको हो।
१० औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित समारोहकाबीच आन्तरिक राजश्व विभागले नोबेललाई सम्मान गरेको छ। कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिब मधुकुमार मरासिनीले नोबेलका प्रमुख कार्यकारी अधिकृत डा भोगेन्द्र प्रसाद उपाध्यायलाई माला र खादा लगाएर सम्मानपत्र प्रदान गरी सम्मानित गरे। कार्यक्रममा अन्य क्षेत्रका उत्कृष्ट करदाताहरुलाई पनि सम्मानित गरियो।
योसँगै नोबेल दुई पटक मूलुकको उत्कृष्ट करदाता बनेको छ। यसअघि आर्थिक वर्ष २०७३/०७४ मा पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रबाट मूलुककै सबैभन्दा बढी आयकर तिरेर नोबेल सातौं कर दिवसमा पुरस्कृत भएको थियो।