काठमाडौं - पछिल्लो २४ घण्टामा ४१२ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १० हजार १०६ पीसीआर र एक हजार ८८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ४१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख १८ हजार ३५ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ६३६ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा २०२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ९१६ पुगेको छ। उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ।
हाल ९९ जना क्वारेन्टाइनमा छन्। पछिल्लाे २४ घण्टामा एक लाख १ हजार ७६१ जनाले खाेप लगाएका छन्।