काठमाडौं– सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव मान बहादुर बस्नेतको सरुवा गरेको छ। बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको हो।
तर बस्नेतलाई सरुवाको पत्र भने दिइसकिएको छैन। आफूले सरुवा भएको सुनेको तर पत्र भने नपाएको जानकारी दिए।
उनले आफू स्वास्थ्य मन्त्रालयमा आएको १४ महिना मात्र भएको र सरुवाको अवधि पुरा नै नभएको पनि बताए।
मन्त्रालयका अनुसार बस्नेतकाे ठाउँमा श्रम मन्त्रालयका कानुन उपसचिव रेशराज आचार्य आएका छन्।