काठमाडौं - नेपाल निजामती कर्मचारी युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभागीय कार्यसमितिको अध्यक्षमा वीर बहादुर रावल निर्वाचित भएका छन्। काठमाडौंमा भएको आठौँ विभागीय अधिवेशनले अध्यक्षमा वीर बहादुर रावललाई निर्वाचित गरेको हो।
खुला तर्फको उपाध्यक्षमा रामचन्द्र खड्का, महिला तर्फको उपाध्यक्षमा रुन्धता कुमारी खरेल, समावेश तर्फ तेज बहादुर लामिछाने चयन भएका छन्।
यस्तै, सचिवमा धीरज रौनियार, कोषाध्यक्षमा प्रदिप कुमार केसी, सदस्यहरुमा सागर ढकाल, सरस्वती पाठक अधिकारी, अर्जुन साह, सरस्वती कोइराला लगायत चयन भएको युनियनले जनाएको छ। सचिव रौनियार नेपाल निजामती कर्मचारी युनियन इकाई कमिटि औषधि व्यवस्था विभागको अध्यक्ष समेत रहेका छन्।
कार्यक्रममा पूर्व रक्षामन्त्री भीमसेन दास, प्रधानमन्त्री शेरबहादुर देउवाको जनस्वास्थ्य सल्लाहकार डा आरपी विच्छा, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेल, वरिष्ठ उपाध्यक्ष सुरेन्द्र प्रसाद अधिकारी, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल लगायतको उपस्थिति थियो।