काठमाडौं- नेपाल फिजियोथेरापी संघ (नेप्टा)को दशौँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। भर्चुअल रुपमा सञ्चालन भएको कार्यक्रममा करिब ४५० सहभागी भएका थिए।
उक्त कार्यक्रममा देश तथा विदेशका वरिष्ठ डाक्टर, फिजियोथेरापीष्ट, आदि वक्ताहरुले स्वास्थ्य तर्फका विभिन्न उपचारका विधिबारे आफ्नो प्रस्तुतिकरण प्रस्तुत गरेका थिए।
दुई दिने उक्त कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्डबाट गायत्री थापालाई सम्मान गरियो भने उत्कृष्ट पेपर प्रेजेन्टेसन तर्फ सृष्टि शाक्यलाई प्रदान गरिएको छ।
त्यसैगरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट फिजियोथेरापी विषयमा स्नातक तथा स्नातकोत्तर तहका विश्व विद्यालय टपरहरुलाई यनिभर्सीटि टपर अवार्डले सम्मान गरिएको छ ।